कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

सप्तरी, १७ चैत । २० वर्ष कैद ठहर भएका कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका ३ निवासी लक्ष्मण साह तेली भनिने धनीलाल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

२०५७ साउन ३ गते खुकुरी तथा लाठी प्रहार गरी सोही स्थानका दशरथ साहलाई कर्तब्य ज्यान मार्ने उद्योग मुद्धामा सर्वोच्च अदालतको २०७२ पौस १ को फैसलाले प्रतिवादी लक्ष्मण साह तेली भन्ने धनिलाल साह तेलीलाई २० बर्ष कैद ठहर फैसला गरिएको थियो ।

फरार रहेका साह तेलीलाई २०७७ चैत १३ गते निजकै घरबाट पक्राउ गरी २०७७ चैत १५ गते जिल्ला अदालत सप्तरीमा दाखिला गराई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply