अदालतले १० बर्ष कैद तोकिएका ब्यक्ति १६ बर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अदालतले १० बर्ष कैद तोकिएका ब्यक्ति १६ बर्षपछि पक्राउ

दाङ, २६ असोज । दाङमा प्रहरीले ज्यान मुद्दाका फरार एक ब्यक्तिलाई १६ बर्षपछि पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ११ कटाँहाका ५१ बर्षीय टेकबहादुर केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २०६१ साल चैत २९ गते केसी विरुद्ध सर्वोच्च अदालतले कतव्र्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० बर्ष कैदको फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहँदै आएका थिए ।

फरार केसीलाई खोजी गर्दै जाने क्रममा असोज २३ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका ३ स्थित रोल्पा सिमेन्ट उद्योगबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिनुभयो । उनीे सिमेन्ट उद्योगमा लुकीछिपी काम गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिनुभयो ।उनलाई दाङ ल्याएर सोमवार दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);