दाङमा जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाङमा जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

दाङ । दाङमा प्रहरीले जवरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका ३ का २८ बर्षीय अर्जुन बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बिक २०७७ साउन १६ गते जवरजस्ती करणी गरी फरार रहेका थिए ।

उनलाई लुकीछिपी हिडीरहेको अवस्थामा बिहीबार दिउँसो १ बजे घोराही उपमहानगरपालिका १५ तुलसीपुर चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । बिकलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको समेत प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);