चट्याङमा परी १ महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

चट्याङमा परी १ महिलाको मृत्यु

उत्तम रिजाल, झापा । बर्षासँगै परेको चट्याङमा परी मोरङमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कानेपोखरी–२ दलेली की ४३ बर्षीय सुकवती राजबंशी रहेको प्रहरीले जनाएको छ । आज बिहान साढे ८ बजेतिर पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी उनी गम्भिर घाईते भएकी थिईन ।

घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर लगिएको थियो । उनको अस्पताल पुर्याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);