जवरजस्ती करणी मुद्दामा फरार युवक ४ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जवरजस्ती करणी मुद्दामा फरार युवक ४ वर्षपछि पक्राउ

दाङ, ३ असोज । दाङमा प्रहरीले जवरजस्ती करणी मुद्दामा फरार रहेका एक युवक ४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका ३ मसुरियाका २८ बर्षीय अनिल घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार घर्तीलाई सर्वोच्च अदालतले २०७३ साल भदौ २७ गते सामुहिक जबरजस्ती करणी मुद्दामा १० बर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो । तर उनी फरार रहेकोमा शुक्रवार बिहान साढे ६ बजे प्रहरीले सोही वडाको पाखापानीमा लुकीछिपी हिडीरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

घर्तीलाई दाङ देउखुरी जिल्ला अदालतलाई बुझाइएको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयले साउन देखी हाल सम्म बिभिन्न मितिमा अपराधिक क्रियाकलाप गरी तत्काल फरार रहेका तथा अदालतबाट दोषी ठहर भई फरार रहेका १७ जना पक्राउ गरेको प्रवक्ता खड्कले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);