ललितपुरबाट ४ लाख ६५ हजार नक्कली नोट बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुरबाट ४ लाख ६५ हजार नक्कली नोट बरामद

paisa

ललितपुर, १ असोज । ललितपुर महानगरपालिका-१४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बिहीबार बिहान बरामद भएको छ ।

सोही ठाउँस्थित डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिई बिल समेत नलिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त नोटहरु बरामद गरेको हो ।

बरामद ५ गड्डीमा ४ सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १ र १ थान सक्कली नोट राखेको फेला परेको छ । फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);