निषेधाज्ञाको कारण कुखुरा व्यवसायीहरु मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निषेधाज्ञाको कारण कुखुरा व्यवसायीहरु मारमा

पर्सा, १ असोज । पर्सा जिल्लामा २ महिना भन्दा लामो निषेधाज्ञाको कारण कुखुरा व्यवसायीहरुले निकै नोक्सानी खेप्नु परेको छ । कोरोना माहामारीले गर्दा लगाईएको निषेधाज्ञाले कुखुरा तथा मासु पसलहरू बन्द भएपछि पर्साका कुखुरा व्यवसायीहरुले कुखुरा बिक्री गर्न नपाएपछि समस्या भएको हो ।

पर्सा जिल्लामा १ हजारको हाराहारीमा कुखुरा फार्म सञ्चालनमा छन् । उक्त कुखुरा फार्मको उत्पादनको बीरगन्जमा मात्र नभई काठमाडौंमा ठुलो बजार छ । तर अहिले कोरोना महामारीले बीरगन्ज बजार बन्द हुँदा कुखुरा विक्रि हुन सकेको छैन भने यातायात समेत बन्द भएकोले काठमाडौं पठाउन नसकेको व्यवसायीहरुको गुनासो छ । बन्दाबन्दी र निषेधाज्ञाको कारण दानको अभावमा कतिपय कुखुराहरू मरिरहेको अवस्था छ भने कुखुरा बिक्री नहुदा व्यवसायीलाई दैनिक जिवनयापनका साथै घर भाडा तिर्न समेत गाह्रो परिरहेको छ ।

बन्दाबन्दी हुनु भन्दा पहिले प्रति किलो ४ सय ५० रुपैयामा बिक्री भएको कुखुरा अहिले २ सय रुपैयाँमा समेत विक्रि हुन सकेको छैन । कुखुरालाई आवश्यक पर्ने दाना र अन्य खाद्य सामाग्रीको अभाव पनि त्यतिकै रहेको छ । व्यवसाय नै संकटमा पर्ने अवस्था आएकोले पसल सञ्चालन गर्न दिन कुखुरा व्यवसायी संघका अध्यक्ष मुन्ना चौरसियाले बताउनु भयो ।

लामो समयको निषेधाज्ञालाई खुकुलो बनाउँदै बजार, तरकारी तथा फलफुल बिक्री गर्न स्थानीय प्रशासनले अनुमति दिए पनि माछामासु पसलबाट भने अहिलेसम्म बिक्री गर्न दिएको छैन । कुखुराको बिक्रीमा रोक नलगाउन संघीय सरकार र प्रदेश सरकारले पटक पटक जिल्ला प्रशासनलाइ परिपत्र समेत गरेका छन् । तर पनि व्यवसाय सञ्चालनमा आउन सकेको छैन

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);