कञ्चनपुरका व्यवसायीले ज्यँदो कुखुरालाई खाल्डोमा पुर्न थाले | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कञ्चनपुरका व्यवसायीले ज्यँदो कुखुरालाई खाल्डोमा पुर्न थाले

khukhura nasta

पुष्कर भट्ट

कञ्चनपुर, २७ चैत । लकडाउनले गर्दा दाना दिन नपाएका कारण कुखुराहरु खोर मै मर्न थालेपछि कञ्चनपुरका व्यवसायीहरुले ज्युँदै कुखुरालाई खाल्डोमा पुरेका छन् । कुखुराहरुलाई बजारसम्म पु¥याउन नसक्दा व्यवसायीले ज्युँदै कुखुरा खाल्डोमा पुर्न बाध्य भएका हुन् ।

कोरोना रोकथामका लागि सरकारले यहिचैत्र ११ गते देखि लगाएको लकडाउनका कारण कञ्चनपुरका कुखुरापालकहरुले दाना खुवाउन नसकेपछि ज्यँदो कुखुरालाई खाल्डोमा पुर्न थालेका हुन् । एकतिर कुखुराको दाना अभावका कारण समस्या भएको छ भने अर्को कुखुराको खपत तथा बजारसम्म ढुवानी गर्न नसँकिदा ज्युँदो कुखुरालाई खाल्डोमा पुर्न बाध्य भएका हुन् । १ सय रुपैयामा ४ वटा कुखुरा बिक्रि गर्दापनि गाउँमा खपत हुन नसकेपछि अहिले ब्यवसायी ज्युदै कुखुरा खाल्डोमा पुर्र्न बाध्य भएका छन् ।

कोरोना भाईरसका कारण कुखुरापालक तथा व्यवसायीहरुलार्य क्षतिपुर्तिका लागि सरकार संग पहल गर्ने र आफ्नो वडाबाट गर्न सकिने सहयोग गर्ने भिमदत्त नगरपालिका–९ले जनाएको छ ।

कञ्चनपुरमा स्थानीय प्रशासनले राती ८ बजेपछि दाना ढुवानी गर्न दिइने भनेपनि बजार सबैबन्द भएको कारण दाना ढुवानी र मासु बेच्नमा समस्या भएकोे कुखुरा ब्यवसायीे बताउछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);