कृषक तथा कुखुरापालक किसान समस्यामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कृषक तथा कुखुरापालक किसान समस्यामा

gulmi krishak

सुमन महतारा

गुल्मी, २३ वैशाख । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गुल्मीका कृषक तथा कुखुरापालक किसानहरु समस्यामा परेका छन् । लकडाउनका कारण कुखुराको मासु निर्यात ठप्प भएपछि कुखुराको लागी चाहिने आश्यवक औषधि तथा दाना समेतको अभाव हुन थालेपछि किसानहरु चरम चपेटामा परेमा छन् ।

यी हुन गुल्मीको धुर्कोट गाँउपालिका वडा नम्वर पाँचका कृषक होमलाल भण्डारी । भण्डारीले विगत पाँच वर्ष यता कुखुरा तथा तरकारी खेती बाटनै आफ्नो आठ जनाको परिवार पाल्दै आउनु भएको थियो । तर मुलुकमा लकडाउन घोषणा भए संगै उहाँ चरम समस्यामा पर्नु भएको छ । अहिले भण्डारीको कुखुरा फर्ममा पाँच सय भन्दा बढी ब्रोइलर कुखुरा छन् भने बारी भरी विभिन्न प्रजातीका तरकारीहरु रहेका छन् । लकडाउनका कारण बिक्री वितरण हुन नसकेको र दाना पानी तथा औषधि उपचार समयमै गर्न नपाउँदा कुखुराहरु बचाउन समेत गाह्रो भएको उहाँको गुनासो छ ।

सामान्यता ब्रोइलर कुखुरा ४५ दिन भित्र बेच्नु पर्दछ तर अहिले बेच्ने भन्दा पनि बचेका कुखुरालाई कसरी जोगाने भन्ने चिन्ताले उहाँलाई पिरोलेको छ । दानाको अभावले कुखुराहरु आपसमा जुधेर मर्ने स्थिती सिर्जना भएको छ । सरकारले अरु सहयोग गर्न नसके पनि कम्तीमा दाना अनुदानमा पाउनु पर्ने उहाँको माग छ ।

कृषि ज्ञान केन्द्रले नि: शुल्क ढुवानीको व्यवस्था गरेतापनी किसानले ग्राहक खोज्न नसक्दा समस्या जस्ताको त्यस्तै रहेको छ । लक डाउनका कारण उत्पादन गर्ने किसान मात्रै होइन उपभोक्ता समेत समस्यामा परेका छन् । किसानको तरकारी बारीमै कुहिएको छ भने उपभोक्तालाई तरकारीको अभाव छ । भण्डारी त केवल प्रतिनीधि पात्र मात्र हुनुहुन्छ । भण्डारी जस्ता थुपै किसानहरुको व्यवसाय पछिल्लो समय धरायसी बनिरहेको छ । यस तर्फ सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।gulmi krisak

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);