लोकल कुखुरा पालेर मासिक २ लाख कमाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

लोकल कुखुरा पालेर मासिक २ लाख कमाई

kukhura

काठमाडौं, १८ कात्तिक । एक सफल कृषक तथा युट्युभर हुन दिपेन्द्र राई । उनी एउटा कृषक मात्र नभएर युट्युभर पनि हुन् । उनको कुखुरा पालन व्यवसाय जस्तै आफ्नो युट्युव पनि छ । जसबाट उनले आफु जस्तै र कृषक तथा कृषि पेशामा लाग्न चाहनेलाई सहयोग गरेका छन् । खोटाङ्ग् जिल्लामा वि.स. २०४८ सालमा जन्मिएका उनी काठमाण्डौ १० वर्ष अघि आएका थिए । नेपालमा कुखुरा कहिले भित्रीयो भन्ने तथ्याङ्क थाहा नभएपनि आफ्नो ईच्छा कृषि पेशामा नै भएकाले यो पेशा अङ्गालेको उनी बताउछन् ।

विदेशी भुमी कतारमा काम गरेर अरुको देशमा काम गरेर के कति अपहेलना सहनु परेको राम्रो संग बुझेका छन् । बाबु-बाजेले कृषि पेशामा लागेकाले आफुलाई पनि यो पेशा गर्न मन लागेको उनी बताउछन् । बाजेको पालामा यो पेशा पुरातन हिसाबले भएका कारण खासै आम्दानी भएको थिएन तर आजको समयमा यहि पेशा आधुनिककरणले गरे अरु आम्दानी खर्चको लागि अरु काम र विदेश जानु नपर्ने बताउछन् ।

साढे दुई वर्ष अगाडि यो पेशामा लाग्दा उनले २ सय वटा कुखुरा पालनबाट सुरु गरेका थिए । त्यो समयमा मासिक ६० देखि ७० हजारको हाराहारीमा आम्दानी भएको थियो । अहिले त्यसलाई बढाएर राम्रो आम्दानी गरेका छन् ।अहिले उनको कुखुरा फार्मबाट देशभरी नै २-३ सय ठुला कुखुरा र साना कुखुरा २-३ हजार जाने गरेको छ ।

उत्पादन प्रविधि अब अवसर र रोजगार भएको छ । नेपालमा कृषि व्यवसायमा लोकल कुखुरा पालन व्यवसाय सम्बन्धी जानकारी गराउने कोशिस गरेका छौ । लोकला कुखुरा कति प्रकारका छन् ?  यसको कसरी हेरचाह गरी आम्दानी बढाउन सकिन्छ ? कृषि र लोकला कुखुरा व्यवसाय आधुनिक तरिकाले कसरी गर्न सकिन्छ ? ईत्यादि थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता कपिल खड्काले कृषक दिपेन्द्र राई संग गरेकाे भिडियाे हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);