युवाहरु रोजगारीका लागि बिदेश गइरहेको अवस्थामा बाँकेका एक दम्पती शिक्षण पेशा छोडेर तरकारी खेतीतिर आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युवाहरु रोजगारीका लागि बिदेश गइरहेको अवस्थामा बाँकेका एक दम्पती शिक्षण पेशा छोडेर तरकारी खेतीतिर आकर्षित

tarkari kheti

टेकेन्द्र बस्याल
बाके, १९ कात्तिक । अहिले पनि कृषि पेशा हाम्रो समाजमा पढेलेखेकाहरुले गर्न रुचि देखाउदैनन । नेपाल कृषि प्रधान देश हो तर यहाँका शिक्षित युवापुस्ताहरु कृषि पेशाबाट आत्मनिर्भर बन्न र रोजगारीका सम्भावना खोल्न पछि हटने गरेका छन ।

तर कोहलपुर ३ का एक दाम्पतिले भने डिग्रीपछिको शिक्षण पेशा छोडेर व्यवसायीक रुपमा कृषि पेशामा लागेर उदाहरणीय बनेका छन् । बर्षौदेखिको शिक्षण पेशा छोडेर कोहलपुरका सुनिलकुमार ढकाल र उनकी पत्नि सुस्मिता शर्मा दुई बर्षदेखि व्यवसायीक तरकारी खेतीमा लागेका छन् । दुवैले काठमाण्डौमा मास्टर डिग्री पढाई पुरा गरेका थिए । अहिले शिक्षण पेशा छोडेर उनिहरुले दश विगाह जमिनमा तरकारी खेती गरिरहेका छन् ।

सम्बृद्धि कृषि फर्म दर्ता गरेर कडेल जोडीले दश विगाह जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएको छ । बार्षिक ४० लाख बराबरको तरकारी यहाँबाट विक्रि हुने गरेको सुनिल कुमार ढकालले बताए । मास्टर डिग्री सकेर शिक्षण पेशा छोडेको यो जोडीले कृषिमा लाग्न सबैलाई प्रेरणा दिएको छ । यहाँ सिजनल र गैरसिजनल तरकारी उत्पादन हुन्छ । उनको कृषि फार्ममा दैनिक दश जनाले रोजगारी समेत पाएका छन् । पढेलेखेका मान्छे तरकारी र कृषि पेशामा नलागेकै कारण देशको कृषिक्षेत्र पछि परेको उनिहरुको बुझाई छ ।

उनिँहरुले उत्पादन गरेको तरकारी फार्मबाटै विक्रि हुन्छ । १२ महिनानै उनिँहरु तरकारी उत्पादन गर्दछन् । शिक्षण पेशाभन्दा तरकारी खेतिगर्दा राम्रो आम्दानी भैरहेको कृषक सुस्मिता शर्माले बताए । उनिहरुले दैनिक १० देखि ३० हजार रुपैयासम्मको तरकारी विक्रि गरिरहेको जानकारी दिए । बार्षिक दश लाखसम्म आफुहरुलाई फाईदा हुने उनिँरुको भनाई छ । सुरुमा ऋण, सापटीबाट कृषि तरकारीमा लागेको यो परिवारले अहिले अनुदान र बैकबाट सहुलियतमा ऋण सहयोग पनि पाएको छ ।

तरकारी खेतीबाटै आम्दानी र उत्पादन राम्रो गरेका यस्ता युवा जोडिलाई प्राविधिक र अनुदान सहयोग गर्न भने जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);