जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज

जुम्ला । चन्दननाथ नगरपालिका-५ कालेखोलीका मनोज बुढाथोकी मगरले जुम्ला मै ७० जनालाई रोजगारी दिइरहेका छन् । उनले बैदेशिक रोजगारीका लागि विदेसिने युवा शक्तिलाई स्वदेश मै राेक्न रोजगारीमूलक पेशा व्यवसायी सुरु गरेका हुन् । स्वदेशमा रोजगारको अवसरमा नपाएका युवाहरू दिनप्रतिदिन भरतसहितका खाडी मुलुकतिर लागेकाे देखेपछि उनले युवालाई राेङ्उकन उद्योग संञ्चालन गरेकाे बुढाथोकी मगरले  बताए ।  मनोजले एम्स एग्रिकल्चर रिसर्च सेन्टर सञ्चालन गरेका छन् । उनले रिसर्ज सेन्टरमार्फत धेरै उद्यमशिलताका काम गर्दै आएको बताए । इँट्टा उत्पादन, ग्रिल निर्माण, कुटानीपिसानी मिल, व्यावसायीक बङ्गुर पालनसहित बोर्डिङ स्कूल सञ्चालन गरेका छन् । उनकाे बङ्गुर पालन व्यावसायले बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेकाे छ । फोहोर व्यवस्थापनको दिगो लक्ष्यसहित एक वर्षअघि ६ लाख लगानीमा बङ्गुर पालन व्यवसाय सुरु गरेका हुन् ।एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा उद्यमी मनोजले व्यवसाय सुरु गर्दा तीन वटा बङ्गुर थिए । अहिले ४५ वटा छन् । ‘बहुउद्देश्यीय लक्ष्यले बङ्गुरपालन सुरु गरिएको उनले बताए । बजारमा फोहोर बढ्दै गएपछि चन्दननाथ नगरपालिकालाई व्यवस्थापनको समस्या पनि उत्तिकै छ ।  तर, बङ्गुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छन् । बङ्गुर फर्म आसपासको जग्गा भाडामा लिएर व्यावसायीक तरकारी खेती गर्ने र बङ्गुरको दिसालाई मलका रुपमा प्रयोग गर्ने योजना  रहेकाे उनले बताए ।’बजारको फोहोर खुवाउने, दिसा मलका रुपमा प्रयोग गरी तरकारी खेती गर्ने बहुउद्देश्यीय लक्ष्य सफलता उन्मुख छ,’ उनले भने । दैनिक रुपमा बजारको झण्डै तीन क्विन्टल कुहिने फोहोर व्यक्तिगत रुपमा संकलन गरी बङ्गुरको दानाको रुपमा प्रयोग भइरहेकाे छ ।उनले कुटानी पिसानी मिल समेत सञ्चालन गरेका छन् । जसबाट स्थानीयलाई राहत मिलेकाे छ । राजनीतिसँगै उद्यमशीलतामा सफल बन्दै गएका मनोजले आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र उद्यमशीलतामा जोड दिएका छन् । उद्यमशीलतामा लगानी बढाए अबको २० वर्षपछि जुम्लासहित मुलुक परनिर्भरताबाट मुक्त हुने उनले विश्वास गरेका छन् ।

मनोज राजनीतिज्ञ पनि हुन् । उनी माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य हुन् । विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका मनोजले ०७४ सालदेखि स्वदेशमै स्वरोजगार खोज्दै उद्यमशिलता गर्न थाले छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);