जडिबुटी प्रशोधन केन्द्र हुनुपर्ने जुम्लाबासीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

जडिबुटी प्रशोधन केन्द्र हुनुपर्ने जुम्लाबासीको माग

जुम्ला । जुम्ला कृषकहरूले कर्णाली प्रदेशस्तरीय जडिबुटी प्रशोधन केन्द्र जुम्लामा हुनुपर्ने माग गरेका छन् ।  यहाँको जडिबुटी कृषकहरूले  संकलन गर्ने तर बाहिर पठाउदै आएको स्मरण गर्दै  उनीहरुले जुम्लामै प्रशोधन केन्द्र  हुनु पर्ने  माग गरेका हुन् । , संघीय सरकारले सरकारले आगामी आर्थिक वर्ष ०७९\०८० को बजेटमा प्रदेशस्तरीय जडिबुटी प्रशोधन केन्द्र सुर्खेतमा स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ । यसमा माथिल्लो कर्णालीका जडिबुटी कृषकहरूले प्रशोधन केन्द्र सुर्खेतमा सञ्चालन गर्ने योजना बनाइनु आफैमा अन्याय भएको गुनासाे गरेका छन्  ।

जुम्लाका बरिष्ठ कृषक रामकृष्ण बुढ्थापाले जडिबुटीको भण्डार मानिने जुम्लामा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनको व्यवस्था गर्न नसक्नु  दुखत खवर भएको बताए । उनले भने जुम्ला जस्तो ठाउमा  जडिबुटी प्रशोधन केन्द्र नबनाइने  सरकारको अविवेकी निर्णय भएको बताए  ।

उनले थपे, ‘जुम्ला हिमाली र पहाडी दुवै क्षेत्रको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा भौगोलिक केन्द्रविन्दु हो । यति हुँदाहुँदै पनि जडिबुटी उत्पादन तथा संकलन हुने क्षेत्रमा प्रशोधन केन्द्र स्थापना गर्ने चेष्टा नराख्नु नेतृत्वको पूर्वाग्रहबाहेक अरु के हुन सक्छ ?’ यसबारे सरकारले बेलैमा मनन् गर्नुपर्नेमा उनको जोड छ । उच्च मूल्य र विविधतायुक्त जडिबुटीको क्षेत्र माथिल्लो कर्णालीमा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालन गर्न सकेमात्र यहाँका नागरिकहरुको आर्थिक  आयआर्जन र बेरोजगारी समस्या समाधानमा   सहयोग पुग्ने उनको भनाई छ । सरकारले सकेसम्म भूगोल, हावापानी र जैविक विविधताका आधारमा सुर्खेत, जुम्ला र हुम्लामा समेत जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनुपर्ने   बुढ्थापाले बताए ।

त्यस्तै, जडिबुटीको भण्डारका रुपमा परिचित जुम्ला पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जडिबुटी उत्पादन तथा संकलन हुने क्षेत्र एक तर प्रशोधन केन्द्र अर्को ठाउँ स्थापना गर्ने सरकारी प्रावधान उपयुक्त नभएको बताए  । उनले भने, ‘अहिले पनि जडिबुटीबाट आउने राजश्व संघीय सरकारले उठाइरहेको छ । ’

अध्यक्ष बोहोराले अगाडि भने, ‘प्रशोधन केन्द्र स्थापना मात्र गरेर के हुन्छ ? ’ जुम्लामा प्रशोधन केन्द्र स्थापना गर्नुले जडिबुटी उत्पादन क्षेत्रका कृषकहरु लाभान्वित हुने र यहाँको बेरोजगार जनशक्तिलाई रोजगार दिन सकिने उनले बताए  । उनका अनुसार जुम्लाका प्रशोधन केन्द्र स्थापनाको मागसहित डेलिगेसन जाने तयारी भइरहेको छ ।

त्यस्तै,  कृषक नरबहादुर रावतले सुर्खेत र आसपासका जिल्लाका लागि जडिबुटी प्रशोधन केन्द्र सञ्चालन गरिए पनि जुम्लाका लागि प्रशोधन केन्द्र अपरिहार्य भएको बताए  । कर्णालीको चिनो, कागुनो, फापर, उवा, सिमी, मार्सी तथा उत्पादनहरुको प्रशोधन र प्याकेजिङ गरी बजारीकरण गर्न प्रदेश सरकारसँग सहकार्य गर्ने, कर्णाली र गण्डकी प्रदेशका हिमाली जिल्लालाई स्याउ उत्पादन र प्रशोधनको केन्द्र बनाउन कार्यक्रम सञ्चालन गरिने संघीय सरकारको योजनाको भने  भने स्वागत गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);