कर्णालीमा जडिबुटीबाट एक वर्षमा तीन करोडभन्दा बढी राजश्व संकलन  | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

कर्णालीमा जडिबुटीबाट एक वर्षमा तीन करोडभन्दा बढी राजश्व संकलन 

सुर्खेत। जडिबुटीको भण्डारका रुपमा रहेको कर्णालीबाट तीन करोडभन्दा बढी राजश्व संकलन भएकाे छ । प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कर्णाली प्रदेशले चालु आर्थिक वर्ष २०७८/०७९ मा जडिवुटीतर्फ कुल तीन करोड ३६ लाख नौं हजार पाँच सय ८८ रुपैयाँ राजस्व संकलन गरेको हो।

वन क्षेत्रका काठदाउरा बिक्रीवितरणमार्फत दुई करोड ११ लाख १८ हजार आठ सय सात रुपैयाँसहित कुल पाँच करोड ४७ लाख २८ हजार तीन सय ९५ रुपैयाँ राजस्व आम्दानी गरेको प्रदेश वन निर्देशनालयको तथ्यांक छ।कर्णालीमा ७९ प्रकारका बहुमुल्य जडिबुटी पाइने गर्छ । वार्षिक रुपमा करिब १२ हजार मेट्रिक टन जडिबुटी कर्णालीले निकासी गर्दै आएको छ । जडिबुटी बिक्री वितरण गरी आम्दानी गर्ने जिल्लाहरूमा सबैभन्दा बढी हुम्ला रहेको छ । हुम्लाले चालु आर्थिक वर्षमा एक करोड ८७ लाख १६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।यसैगरी डोल्पाले ६२ लाख ६९ हजार नौँ सय ५० र जाजरकोटले ४२ लाख पाँच हजार नौं सय तीन रुपैयाँ राजस्व असुल भएको छ । जडिवुटी बिक्री वितरण गरी राजस्व असुलीतर्फ सुर्खेतले दुई लाख ५६ हजार सात सय ५० रुपैयाँ संकलन गरेको छ। प्रदेशका जिल्लाहरूमध्ये जडिबुटी संकलनतर्फ यो रकम अन्य जिल्लाको तुलनामा सबैभन्दा कम हो। यसैगरी दैलेखमा सात लाख २२ हजार दुई सय, सल्यानमा ११ लाख १३ हजार ६ सय ५५, जुम्लामा १३ लाख ७३ हजार पाँच सय, कालिकोटमा ६ लाख ६६ हजार ६ सय ३०, रुकुम पश्चिममा दुई लाख ८४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । मुगुमा भने विगत दुई आर्थिक बर्षमा जडिबुटीमार्फत राजस्व संकलन भएको देखिँदैन ।कर्णालीले आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ९६ लाख ६१ हजार दुई सय ९७ रुपैयाँ जडिबुटीमार्फत राजस्व आम्दानी गरेको थियो । २०७६/०७७ मा भने चार करोड १२ लाख ९७ हजार दुई सय ३७ रुपैयाँ राजस्व आम्दानी गरेको छ । २०७७/०७८ मा एक करोड ९१ लाख ९५ हजार नौं सय ५२ रुपैयाँ राजस्व आम्दानी गरेको छ ।कर्णालीबाट खासगरी ७९ प्रकारका जडिबुटी बाहिर निर्यात हुँदै आएका छन् । कर्णालीबाट बढी मात्रामा निर्यात हुने जडिबुटीहरूमा टिमुर, रिठ्ठा, काउलो, कुट्की, खिरौला, चुत्रो, तेजपातलगायत छन् । यसैगरी, धुपिपात, पदमचाल, पोषण वेद, रिठ्ठा, यार्सागुम्बा र सेतक चिनीलगायत जडिबुटी अन्य तुलनामा धेरै निर्यात हुने प्रदेश वन निर्देशनालयले जनाएको छ।

३२ मेट्रिक टन काउलो, पाँच सय ४६ मेट्रिकटन कुट्की, ४० मेट्रिक टन खिरौला, ९४ मेट्रिक टन चुत्रो, तीन सय ८३ मेट्रिक टन टिमुर, एक सय ५७ मेट्रिक टन तेपपात कर्णालीबाट एक आर्थिक वर्षमा निर्यात हुन्छन् । दुई सय तीन मेट्रिक टन धुपिपात, एक सय ४० मेट्रिक टन पदमचाल, उक सय ५६ मेट्रिक टन पोषणवेद, दुई सय ५० मेट्रिक टन रिठ्ठा, २९ मेट्रिक टन यार्सागुम्बा र दुई सय १७ मेट्रिक टन सेतक चिनी एक आर्थिक वर्षमा निर्यात हुने प्रदेश वन निर्देशनालयको तथ्यांक छ । आम्दानीतर्फ भने कर्णालीमा उत्पादित टिमुरले प्रदेशमा धेरै आम्दानी भित्र्याएको देखिन्छ। टिमुरमार्फत कर्णाली प्रदेशले एक आर्थिक वर्षमा करिव २४ लाख चार हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी विषफेजमार्फत एक सय ८८ हजार, यार्सागुम्बामार्फत पाँच लाख १७ हजार पाँच सय, पोषणवेद मार्फत नौँ लाख ५६ हजार पाँच सय ५०, पदमचालमार्फत १२ लाख ५६ हजार तीन सय ४०, गुच्चीच्याउँ मार्फत १२ लाख पाँच हजार रुपैयाँ र कुट्कीमार्फत १४ लाख ५० हजार पाँच सय ५० रुपैयाँ हाराहारीमा प्रत्येक आर्थिक बर्ष कर्णालीले राजस्व संकलन गरिरहेको छ।  कर्णालीबाट निर्यात हुने ७९ प्रकारका जडिबुटीहरु निर्यात हुने गरेका छन्।

जडिबुटी प्रशोधनका लागि जाजरकोटमा काम हुँदै 
जडिबुटी प्रशोधनका लागि जाजरकोट भेरी नगरपालिकाको कालेगाउँ नजिकै प्रशोधन केन्द्र निर्माण गरिरहेकाे छ । डोल्पा, जाजरकोट, हुम्ला र जुम्ला लगाएका जिल्लामा बढी जडिवुटी धेरै पाइन्छ। जाजरकोट डोल्पा सडक खण्डको बीचमा निर्माण हुन लागेको प्रशोधन केन्द्रबाट धेरैले सहयोग पाउने अपेक्षा छ।

Leave a Reply

ताजा समाचार