नेपालगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा धेरै राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपालगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा धेरै राजस्व संकलन

नेपालगञ्ज, १२ मंसिर । नेपालगञ्ज भन्सार कार्यालय बाँकेले पहिलो चौमासिकमा आफ्नो लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले २०७७-७८ को पहिलो चौमासिकमा मात्रै आफ्नो लक्ष्यभन्दा २४ दशमलव नौ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।

भन्सार कार्यालयको पहिलो चौमासिकको राजस्व लक्ष्य चार अर्ब ८२ करोड रुपैयाँ रहेको थियो , जसमध्ये कार्यालयले ६ अर्ब २१ लाख रुपैयाँ संकलन गरेको छ। गत आर्थिक वर्षमा कोभिडको महामारीका कारण पैठारीमा आउने मालसामानको कमी भएको ह’नाले लक्ष्यअनुरुप राजश्व संकलन भएन ।

कार्यालयले आर्थिक वर्ष २०७५-०७६ मा कार्यालयको राजश्व संकलन लक्ष्य १२ अर्ब ३३ करोड एक लाख १६ हजार रहेको थियो । जसमा नेपालगन्ज भन्सारले १२ अर्ब ३३ करोड २५ लाख २७ हजार राजश्व संकलन गरेको थियो । जुन लक्ष्यअनुसार एक सय दशमलव ०२ प्रतिशत रहेको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७६-०७७ मा १५ अर्ब ४३ करोड ७५ लाख १४ हजार लक्ष्य रहेको नेपालगन्ज भन्सारले ११ अर्ब ७६ करोड ९४ लाख ९९ हजार राजश्व संकलन गरेको थियो । जुन कूल लक्ष्यको ७६ दशमलव २४ प्रतिशतमात्र संकलन हो । नेपालगञ्ज भन्सार कार्यालयको गत तीन आर्थिक वर्षको अवस्था हेर्ने हो भने यो वर्ष बढी राजश्व उठ्ने देखिन्छ ।

यस कार्यालयले पहिलो चौमासिकमा लक्ष्यअनुसार एक सय २४ दशमलव नौ प्रतिशत राजश्व संकलन गरेको र आव २०७७-७८ मा कूल १५ अर्ब १८ करोड रुपैयाँ राजश्व संकलन लक्ष्य रहेको जनाएको छ।

जसमा पहिलो चौमासिकमा नै कूल लक्ष्यको ४३ दशमलव ५८ प्रतिशत राजश्व संकलन गर्न सक्षम रहेको छ , भने यस वर्ष एक सय १० प्रतिशतभन्दा धेरे राजश्व संकलन गर्ने समेत बताएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);