नेपालगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

नेपालगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी राजश्व संकलन

नेपालगञ्ज , १० असोज । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको २ महिनामा उत्साहजनक राजश्व संकलन गर्न सफल भएको जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको हो । कोरोना भाइरस महामारी सक्रंमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा भने कार्यालयले राजश्व घाटा व्यहोरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालगञ्ज भन्सार कार्यालयले १ अर्ब ६८ करोड राजश्व संकलन गरेको छ । साउन महिनामा ९४ करोड ७५ लाख ६ हजार राजश्व उठाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा ७३ करोड २५ लाख रुपैँया अर्थात् ५६ प्रतिशतभन्दा बढी राजश्व संकलन भएको हो ।

भदौ महिनामा राजश्व संकलन लक्ष्य १ अर्ब ६ करोड स्पैयाँ रहेकामा लक्ष्यभन्दा अधिक १ अर्ब ४६ करोड राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

बन्दाबन्दीका कारण अवैधरूपमा सामान भित्रिने कार्य बन्द भई सबैजसो सामग्री भन्सार हुँदै आएकोले राजश्व संकलनमा वृद्धि भएको पनि भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);