वीरगञ्ज भन्सारमा १२ अर्ब ६१ करोड राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वीरगञ्ज भन्सारमा १२ अर्ब ६१ करोड राजश्व संकलन

bhansar birgunj

वीरगन्ज, ३ भदौ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७४-०७५ मा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको कार्यलयले चालु आर्थिक वर्ष २०७५-०७६ को पहिलो महिनामा लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नाकाबाट १२ अर्ब ६१ करोड ८७ लाख राजस्व संकलन भएको छ । भन्सार कार्यालयको तथ्याङ्ग अनुसार गतवर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा ४४ दशमलव ६६ प्रतिशतले राजश्व वृद्धि भएको हो । भन्सार महशुलबाट ४ अर्ब २६ करोड, मूल्य अभिवृद्धि करतर्फ ५ अर्ब ३६ करोड संकलन भएको छ ।

त्यस्तै अन्तःशुल्कबाट २ अर्ब २५ करोड तथा पूर्वाधार करतर्फ २२ करोड ९२ लाख राजश्व संकलन भएको हो । चालु आर्थिक वर्षको पहिलो महिनामै सवारी साधन तथा पेट्रोलियम पदार्थ नै बढी आयात भएकाले राजश्व संकलन बढेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);