राजश्व कार्यालय भैरहवामा लक्ष्यभन्दा बढी राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राजश्व कार्यालय भैरहवामा लक्ष्यभन्दा बढी राजश्व संकलन

rajaswo bhairawa

भैरहवा, २० जेठ । आन्तरिक राजश्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले लक्ष्यभन्दा ५ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

चालु आर्थिक बर्षमा ९ अर्ब ६२ करोड ९९ लाख राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो । बैशाखसम्म ६ अर्ब ९० करोड २४ लाख राजश्व लक्ष्य पाएको कार्यालयले ७ अर्ब २५ करोड ६१ लाख राजश्व संकलन गरेको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म भ्याटतर्फ ७३ करोड ४१ लख राजश्व संकलन भएको छ । भ्याटमा ७३ करोड २७ लाख लक्ष्य राखिएको थियो । त्यस्तै अन्तशुल्क लक्ष्य ५ अर्ब २० करोड ४८ लाख राखिएकोमा ५ अर्ब ४९ करोड ८७ लाख राजश्व संकलन भएको छ ।

स्वास्थ्य सेवातर्फ ६८ लाख १८ हजार राजश्व संकलन भएको छ । स्वास्थ्य सेवामा ५६ लाख ९३ हजार लक्ष्य राखिएको थियो । शिक्षातर्फ एक करोड १ लाख लक्ष्य राएिकोमा ८४ लाख मात्रै राजश्व संकलन भएको छ । त्यस्तै आयकर लक्ष्य ८५ करोड ९९ लाख रहेकोमा ९२ करोड ९१ लाख राजश्व संकलन भएको छ ।

बहाल करको लक्ष्य ३ करोड ४ लाख रहेकोमा ४ करोड र ब्याज करको लक्ष्य ५ करोड ८६ लाख राखिएकोमा ३ करोड ८९ लाख राजश्व संकलन भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु मर्जर हुँदा ब्याज करमा गिरावट आएको कार्यालयको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);