वीरगञ्ज भन्सार कार्यालयले ६९ अर्ब १६ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन गर्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वीरगञ्ज भन्सार कार्यालयले ६९ अर्ब १६ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन गर्यो

चालू आर्थिक वर्षको ७ महिनामा वीरगञ्ज भन्सार कार्यालयले ६९ अर्ब १६ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले माघ महिनामा ७२ अर्ब ५७ करोड १९ लाख रुपैयाँ राजश्व असूलीको लक्ष्य लिएको थियो ।

birjung vansar office

काठमाडौं, ८ फागुन । चालू आर्थिक वर्षको ७ महिनामा वीरगञ्ज भन्सार कार्यालयले ६९ अर्ब १६ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले माघ महिनामा ७२ अर्ब ५७ करोड १९ लाख रुपैयाँ राजश्व असूलीको लक्ष्य लिएको थियो ।

कार्यालयले लक्ष्यभन्दा करिब पाँच प्रतिशत कम राजश्व संकलन गरेको हो । बीरगंजस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालय पनि राजश्व असूली लक्ष्यमा चुकेको छ । कार्यालयले माघ महिनामा १५ अर्ब २७ करोड ८८ लाख ९६ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएकामा १४ अर्ब ३८ करोड १२ लाख ४७ हजार रुपैयाँ मात्र असुली भएको छ । यो लक्ष्यको करिब ६ प्रतिशत कम हो ।

भारत भन्दा तेस्रो मुलुकसँग आयात–निर्यात व्यापारका लागि यो नाका बढी प्रयोग हुँदै आएको छ । वीरगञ्जका दुई भन्सार कार्यालयले माघ महिनामा करिब साढे १२ अर्ब रुपैयाँ राजश्व संकलन गरेका छन् । वीरगञ्ज भन्सार कार्यालय एक्लैले माघ महिनामा १० अर्ब ७५ करोड १३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको थियो । तर कार्यालयले १० अर्ब १ करोड ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो राजश्व मासिक लक्ष्यको ९३ दशमलव १४ प्रतिशत मात्र हो । त्यस्तै, यही अवधिमा सुक्खा बन्दरगाह भन्सार कार्यालयले २ अर्ब ४१ करोड ८८ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । राजश्वको करिब ५४ प्रतिशत राजस्व वीरगञ्जबाटै असुली हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);