काठमाडौं, ८ फागुन । उत्तरी छिमेकी चीनले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि भएको सात बुँदे सहमतिबारे चासो राखेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर सहमति बारे चासो व्यक्त गरेका हुन । आज विहान दाहाल निवास खुमलटार पुगेका चिनीयाँ नेता झाउले सहमतिको स्वागत गर्दै पार्टी एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताएको दाहालको निजी सचिवालयले जनाएको छ ।
दाहालको निजी सचिवालयका अनुसार, झाउले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नयाँ सरकारलाई विगतको तुलनामा सहयोग बढाउने बचन दिएका छन ।




