माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमालेका नेता माधव कुमार नेपालबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमालेका नेता माधव कुमार नेपालबीच छलफल

madhav n prachanda

काठमाडौं, २ जेठ । पार्टी एकताका बिषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालबीच छलफल भएको छ ।

मंगलबार ललितपुरको च्यासलस्थित नेता नेपालको सम्पर्क कार्यालय रहेको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भएको छलफलमा नेपालले पार्टी एकता प्रक्रियाबारे निराशाजनक अवस्था अन्त्य गर्न दाहाललाइ आग्रह गरेको जनाइएको छ । छलफलमा माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्लो क्रियाकलाप र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछिको अवस्था विश्लेषण गर्दै एकताका लागि विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिएको जनाइएको छ ।

पछिल्लो समय एमालेभित्र ओली र नेपाल निकै नजिकिएपछि माओवादी थप सशंकित बनेको छ । एमाले र माओवादी केन्द्रबीच यसअघि दुईपटक एकीकरण घोषणा गर्ने भनेर रोकिसकेको छ । पछिल्लो पटक जेठ पहिलो साता दुवै पार्टीबीच एकीकरण भएर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने भनिएको छ । यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच वान टु वान वार्ताको तयारी भएको छ ।

दुई अध्यक्षबीचको छलफल पश्चात् एक दुई दिनभित्रै एकता संयोजन समितिको बैठक राख्ने तयारी समेत गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);