गठबन्धनलाई थप सशक्त बनाउँदै पाँच दल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गठबन्धनलाई थप सशक्त बनाउँदै पाँच दल

काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्ष नेताबीच गठबन्धनलाई थप सशक्त बनाउने सहमति भएको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चाका नेताहरूबीचको बैठकमा गठबन्धन थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने सहमति भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, पछिल्लो राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएका बुझिएको छ । यसका साथै गठबन्धनबाट बाहिरिएको भनेको नेता नेपाल पनि छलफलमा सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ ।

सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा सुझाव दिनका लागि यअसघि नै सर्वदलीय कार्यदल बनाइएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाइएको कार्यदलमा नेपाल पक्षका नेताहरू भने सहभागी छैनन् । शनिबार नै माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);