बिम्स्टेकको शिखर सम्मेलनले बडापत्र बनाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बिम्स्टेकको शिखर सम्मेलनले बडापत्र बनाउने

काठमाडौं, २६ साउन । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को शिखर सम्मेलनले बडापत्र बनाउने भएको छ ।

काठमाडौंमा बसेका विमस्टेकका सदस्य राष्ट्रका पदाधिकारीहरुकोे बैठकले बिमस्टेकको बडापत्र बनाउने सहमति गरेको हो । स्थापनाको २१ वर्ष पछि बिमस्टेकले औपचारिक रुपमा दूरदृष्टी सहितको बडापत्र पाउने भएको छ ।

साथै बैठकमा शिखर सम्मेलनपछि जारी हुने घोषणापत्रका विषयमा पनि सहमति जुटाएको छ । विमस्टेकलाई प्रभावकारी र क्षेत्रीय विकासको अवधारणालाई प्राथमिकतामा राख्नुपर्नेमा सदस्य राष्ट्रका पदाधिकारीहरुले जोड दिएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए ।

नेपालले भूपरिवेष्ठित राष्ट्रको कनेक्टिभिटीका मुद्धालाई समेत जोड दिएको छ । विद्युतीय प्रसारण लाइन विस्तार, सडक सञ्जाल लगायतका विषयमा समेत सदस्य राष्ट्रका पदाधिकारीबीच छलफल भएको थियो ।

बैठकमा विम्स्टेकको आम्दानी तथा खर्च, सचिवालयको प्रभावकारी सञ्चालन लगायतका विषयमा समेत छलफल भएको थियो । यस्तै बैठकमा नेपाल–भारत प्रबुद्ध समूह जस्तै प्रवुद्ध समूह इपीजी गठन र यसका क्षेत्राधिकारका विषयमा समेत चर्चा गरिएको सचिव वैरागीले जानकारी दिए ।

भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको अन्य तयारीमा सरकार जुटेको छ । विम्स्टेक शिखर सम्मेलनको तयारी स्वरुप बसेको बैठकमा बिम्स्टेकका महासचिव सहित सदस्य राष्ट्रको विदेश मन्त्रालयका सचिवहरु सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);