सदस्य राष्ट्रको समृद्धि र दिगो विकास बिमस्टेकको लक्ष्य : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सदस्य राष्ट्रको समृद्धि र दिगो विकास बिमस्टेकको लक्ष्य : प्रम ओली

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी ओलीले सदस्य राष्ट्रहरुको शान्ति, समृद्धि र दिगो विकास बिमस्टेकको लक्ष्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रहरुको साझा प्रयास र सहकार्यबाट बिमस्टेक क्षेत्रमा समृद्धि सम्भव रहेको स्पष्ट पारे ।

बिमस्टेक शिखर सम्मेलनको शुक्रबार एक विशेष समारोहबीच समापन गर्दै उनले नेपालले अध्यक्षता गरेको बेला सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुबाट निरन्तर प्राप्त सहयोग प्रति पनि आभार प्रकट गरे ।

प्रधानमन्त्री ओलीले शिखर सम्मेलनले जारी गरेको १८ बुँदे काठमाडौं घोषणा पत्र कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग, साथ र समर्थन हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा बिमस्टेकका महासचिव, सदस्य राष्ट्रका सम्बन्धित निकाय, नेपालका सुरक्षाकर्मी, संचारकर्मी सबैप्रति आभार व्यक्त गरे ।

नेपालले बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर आफ्नो कूटनीतिक क्षमता प्रर्दशन गरेको छ । शिखर सम्मेलनबाट पारित घोषणा पत्रले यस क्षेत्रको गरिवी अन्त्य गर्ने, आतंकवाद नियन्त्रण गर्ने र त्यसका लागि सम्बन्ध विस्तार गर्न राजमार्ग, रेलमार्ग, जलमार्ग र विद्युत प्रशारण लाईन स्थापना गर्ने लगायतका कामलाई जोड दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);