बिम्स्टेक सम्मेलनमा सदस्य राष्ट्रकका प्रमुखको सम्बोधन जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बिम्स्टेक सम्मेलनमा सदस्य राष्ट्रकका प्रमुखको सम्बोधन जारी

काठमाडौं, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा जारी छ ।

प्रधानमन्त्री एवम् विमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आयोजित विशेष समारोहमा सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै विमस्टेक चौंथो शिखर सम्मेलन प्रारम्भ भएको घोषणा गरेसँगै यसको औपचारिक सुरुवात भएको हो ।

प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलाई सम्बोधन गर्दै शान्त, दिगो, विकासतर्फ उन्मुख समृद्ध विमस्टेक बनाउन सबै सदस्य मुलुकहरुबाट आवश्यक पहल हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले यस क्षेत्रको गरिवी हटाउन विमस्टेक सदस्य राष्ट्रहरुबीच बलियो सहकार्यको आवश्यक्तामा जोड दिइन् ।

अहिले शिखर सम्मेलनलाई भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवम् प्रधानन्यायाधिश ल्यान्पो छिरिङ वाङचुङले सम्बोधन गरिरहेका छन् ।

यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाईल्याण्डका प्रधानमन्त्री प्रायुट चानओचाले सम्बोधन गर्नेछन् ।

शिखर सम्मेलनमा कायममुकायम प्रधानन्यायाधिश, पूर्व प्रधानमन्त्री, मन्त्री, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका सहभागिता रहेको छ । शुक्रबार काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।

चौंथो शिखर सम्मेलन सम्पन्न भएसँगै विमस्टेकको अध्यक्षता श्रीलंकाले गर्नेछ । यसअघि भारत, थाईल्याण्ड र म्यान्मारले विमस्टेक सम्मेलन आयोजना गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);