भारत डिजिटल कनेक्टिभीटीको क्षेत्र बढाउन इच्छुक : मोदी | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

भारत डिजिटल कनेक्टिभीटीको क्षेत्र बढाउन इच्छुक : मोदी

Narendra Modi

काठमाडौं, १४ भदौ । चौथो बिमस्टेक शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले डिजिटल कनेक्टिभीटीको क्षेत्रमा आफ्नो राष्ट्रिय नेटवर्क र ज्ञान श्रीलंका, बंगलादेश, भुटान र नेपालमा बढाउन इच्छुक रहेको बताएका छन् ।

उनले बंगालको खाडी क्षेत्रमा कला, संस्कृति, सामुद्रिक कानून एवं अन्य विषयसँग सम्बन्धित भएर नालन्दा विश्वविद्यालयमा सेन्टर फर बे अफ बंगाल स्टडिजको स्थापना गर्ने वताए ।

हिमालय र बंगालका खाडीसँग जोडिएका मुलुकहरुले प्राकृतिक प्रकोपको सामना गरिरहेको औँल्याउँदै उनले यस क्षेत्रका देशहरुले एक आपसमा मानवीय सहायता एवं प्रकोप नियन्त्रणका लागि सबैको सहयोग र समन्वय अति आवश्यक रहेको औल्याए ।

नशालु पदार्थसँग सम्बन्धित विषयमा बिमस्टेक फ्रेमवर्कमा रहेर भारत एक सम्मेलनको आयोजना गर्न तयार रहेको मोदीको भनाई छ ।

सम्मेलनमा बिहीबार प्रधानमन्त्री ओलीसँगै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यानमारका राष्ट्रपति विन मिन्ट भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार दसो छिरिङ बाङचुक, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चा ओन चाले आफ्नो धारणा राखेका छन् ।

ताजा समाचार