विमस्टेक शिखर सम्मेलनको तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विमस्टेक शिखर सम्मेलनको तयारी पुरा

काठमाडौं, ८ भदौ । सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विमस्टेक चौंथो शिखर सम्मेलनको तयारीको काम अन्तिम चरणमा पु-याइएको जानकारी दिए । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले शिखर सम्मेलनमा विशिष्ट पाहुनाहरु मंगलबारबाट नेपाल आउने क्रम सुरु हुने बताए ।

१४ गते होटल सोल्टीमा प्रधानमन्त्री केपी ओलीले अध्यक्ष राष्ट्रको हैसियतले शिखर सम्मेलनको उद्घाटन गर्ने छन् । १४ गते विहान विमस्टेक शिखर सम्मेलनमा आउनु भएका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

सम्मेलनमा आउने मध्ये श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्विनी भ्रमण गर्नेछन् । म्यानमारका राष्ट्रपति विन मिन्ट र श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले लुम्विनीको भ्रमण गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

शिखर सम्मेलनमा विमस्टेकलाई प्रभावकारी बनाउने प्रतिवद्धता सहित काठमाडौं घोषणा पत्र जारी गरिनेछ । भदौं १४ र १५ गते आयोजना हुने शिखर सम्मेलनमा सदस्य राष्ट्रका प्रमुखहरुबीच द्धिपक्षीय भेटवार्ता हुने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);