विमस्टेकमा छलफल हुने १६ वटा एजेन्डा तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विमस्टेकमा छलफल हुने १६ वटा एजेन्डा तय

बिमस्टेक ग्रिडबारे हस्ताक्षर हुने :

काठमाडौं, १२ भदौ । आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालका खाडीको प्रयास (विमस्टेक) को चाैँथो शिखर सम्मेलनमा बिमस्टेक ग्रिडबारे हस्ताक्षर हुने भएको छ ।

विमस्टेक शिखर सम्मेलनको एजेण्डाका विषयमा छलफल गर्न मंगलबार काठमाडौंमा बसेको परराष्ट्र सचिव स्तरीय बैठकले विमस्टेक ग्रिडबारे सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय गरेको हो । बैठकमा विमस्टेक शिखर सम्मेलनमा छलफल हुने १६ वटा एजेन्डा पनि तय गरिएको छ ।

कनेक्टिभीटी, कृषि, गरिवी निवारण, जनस्वास्थ्य, आतंकवादी, अपराधजस्ता विषयलाई शिखर सम्मेलनमा छलफल गर्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए । बैठकले सम्मेलनपछि घोषणा पत्र जारी गर्ने निर्णय पनि गरेको छ ।

आगामी बिहीबार र शुक्रबार काठमाडौंमा विमस्टेकको शिखर सम्मेलन आयोजना हुँदै छ । सम्मेलनमा सहभागी हुन मंगलबार नै सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने क्रम सुरु भएको छ ।

सदस्य राष्ट्रका प्रमुखहरु नेपाल आउने क्रम सुरु भएपछि सरकारले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ । बिहीबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी ओलीले शिखर सम्मेलनको उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);