बिमस्टेक सफलतापुर्वक सम्पन्न भएकोबारे सदनलाई जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिमस्टेक सफलतापुर्वक सम्पन्न भएकोबारे सदनलाई जानकारी

pm kp oli

काठमाडौं, १९ भदौ । सरकारले बिमस्टेक शिखर सम्मेलन अत्यन्तै भव्यताका साथ सफलतापुर्वक सम्पन्न भएको भन्दै त्यसबारे संघीय ससदलाई जानकारी गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगबारको प्रतिनिधिसभाल र राष्ट्रियसभाको बैठकमा बिमस्टेक शिखर सम्मेलनबारे जानकारी गराएका हुन् । नेपाल आयोजक भएर आयोजना गरिएको बहुपक्षीय आर्थिक प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन अत्यन्तै सफलतापुर्वक सम्पन्न भएको उनले बताए ।

यसले नेपालले चाह्यो भने गर्न सक्दो रहेछ भन्ने सन्देश पनि प्रवाह गरेको प्रधानमन्त्री ओलीको भनाई थियो । आफ्नो नेतृत्वको मुल समिति र विभिन्न ११ वटा समिति गठन गरि सम्मेलनको तयारीलाई पुर्णता दिने काम भएको उनले जानकारी दिए ।

उनले शिखर सम्मेलनमा सदस्य राष्ट्रकाबीच अत्यन्तै सहजताका साथ बिमस्टेकको भावी दिशा र गन्तव्य तथा त्यसका विविध विधिका बारेमा साझा निकर्ष निकाल्ने काम भएको बताए ।

उनले सम्मेलनबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा र सामथ्र्य अभिवृद्धि हुनुको साथै विश्वास बढेको बताए । नेपालले सम्मेलन त्रुटीरहित ढंगले आवश्यक तयारी र सावधानीका साथ सम्पन्न गरेको तथा नेपालको परराष्ट्र नीतिको प्रमुख पक्षको रुपमा रहेको क्षेत्रिय कुटनीति थप प्रभावकारी भएको प्रधानमन्त्रीले बताए ।

कुशल कुटनीतिमा नेपालले सफलता प्राप्त गरेको उनले उल्लेख गरे । आफुले सबै राष्ट्रप्रमुख र सरकारप्रमुखसंग छुट्छुटै भेटघाट गरेको र त्यस भेटमा आपसी पारस्परिकता, क्षेत्रिय समस्या र सरोकारका विषयलाई एक स्थानमा ल्याउनेबारे छलफल भएको उनले स्पष्ट पारे । रिट्रिडमा पनि सबै राष्टप्रमुखबीच खुल्ला छलफल भएकाले सम्मेलन फलदायी भएको उनले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);