बिमस्टेक शिखर सम्मेलनबारे संघीय ससदलाई जानकारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बिमस्टेक शिखर सम्मेलनबारे संघीय ससदलाई जानकारी

pm kp oli

काठमाडौं, १२ भदौ । सरकारले बिमस्टेक शिखर सम्मेलनबारे संघीय ससदलाई जानकारी गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै बिमस्टेक शिखर सम्मेलनबारे सदनलाई जानकारी गराएका छन् ।

नेपाल आयोजक भएर आयोजना गरिएको बहुपक्षीय आर्थिक प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको मुख्य बैठक आगामी १४ र १५ गते काठमाडौंमा हुँदैछ ।

बैठकको तयारी स्वरुप मंगलबार परराष्ट्र सचिवस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री ओलीले शिखर सम्मेलनका प्राथमिकता र सम्मेलनमा सहभागी हुन आउने राष्ट्रप्रमुख र सरकार प्रमुखले अन्य कार्यक्रमबारे पनि सदनलाई जानकारी गराए ।

यसपटक बिमस्टेकले आफ्ना प्राथमिकताका १४ वटा र थप २ गरेर १६ वटा क्षेत्र निर्धाण गरेको उनले जानकारी दिए । उनले संगठनको रुपमा संगठन भन्दा पनि क्षेत्रिय विकासका लागि, क्षेत्रिय सहयोग र पारस्परिकताका लागि प्रभावकारी संगठनका रुपमा लैजाने उद्देश्यले २०१४ मा ढाकामा सचिवालय स्थापना गरिएको उल्लेख गरे ।

विमस्टेकको प्राथमिकतामा ब्लु इकोनोमी र माउन्टेन इकोनोमी दुई क्षेत्र थप गरिएको भन्दै उनले नेपालले गरिबी निवारणको मुद्दाको नेृत्वव गरिरहेको बताए । भारतले ४, थाइल्याण्डले ३, बंगलादेश र म्यानमारले २/२ वटा र श्रीलंका, भुटान र नेपालले एक/एक वटा क्षेत्रको नेतृत्व गरेको उनले स्पष्ट पारे ।

प्रधानामन्त्री ओलीले व्यापार, कनेक्टीभिटी, संगठित अपराध विरुद्धको अभियान, वातावरण जस्ता क्षेत्रलाई चौथो शिखर सम्मेलनले विशेष प्राथमिकता दिएको र यी विषयलाई प्रभावकारी कार्यान्वयन गर्न सक्रिय तथा प्रभावकारी सचिवालयको अपेक्षा गरिएको बताए ।

उनले शिखर सम्मेलनमा बिमस्टेकको बडा पत्र निर्माण प्रक्रिया पनि अघि बढाईने बताए । श्रीलंका र म्यानमारका राष्ट्रपतिले नेपालको औपचारिक सद्भाव भ्रमण गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनपछि दुईपक्षीय साझेदारीका कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहको उनले जानकारी गराए ।

शिखर सम्मेलनमा सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसंगको भेटघाटको कार्यक्रम पनि राखिएको छ ।

प्रधानमन्त्री ओलीले शिखर सम्मेलन गरिबि निवारणलाई मुख्य विषय बनाउँदै कनेन्टीभिटी लगायत विषयमा साझेदारी र सहकार्यलाई अघि बढाउने विषयमा महत्वपुर्ण हुने विश्वास लिएको बताए ।

नेपाल, भारत, बंगलादेश, भुटान, मेनमार, श्रीलंका र थाइल्याण्ड सम्मिलित भएर १९९७ मा सुरु गरिएको यो संगठनको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले शिखर सम्मेलनको आयोजना गरेको हो । शिखर सम्मेलन २/२ बर्षमा हुनुपर्ने भएपनि २० बर्षको अवधिमा यो चौथो शिखर सम्मेलन भएको छ ।

चौथो शिखर सम्मेलन पछि नेपालले श्रीलंकालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गर्ने छ । बिमस्टेको अध्यक्ष राष्ट्र हुनेछ । बिमस्टेकको पहिलो सम्मेलन सन् १९९७ मा थाईल्याण्डमा भएको थियो । सन् २००८ मा भारतमा दोश्रो र २०१४ मा मेनमारमा तेश्रो शिखर सम्मेलन आयोजना भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);