नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

१ जेष्ठ २०८१,  नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ। पहिले कार्यसमितिको बैठक बस्ने र त्यसपछि संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी तय भएको नेताहरूले बताएका छन्।

बैठकबाट कांग्रेसले सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आज पेस गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);