भारतमा जारी लोक सभा निर्वाचन अन्तर्गत चौथो चरणको मतदानमा पश्चिम बंगालका विभिन्न स्थानमा हिंसा | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

भारतमा जारी लोक सभा निर्वाचन अन्तर्गत चौथो चरणको मतदानमा पश्चिम बंगालका विभिन्न स्थानमा हिंसा

भारतको पश्चिम बंगालको ८ सिटमा चौथो चरणको मतदानको क्रममा विभिन्न क्षेत्रमा हिंसा भएको छ ।

कयौँ स्थानमा राजनीतिक दलका कार्यकर्ताबिच हिंसात्मक झडप भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । कतिपय ठाउँमा विद्युतीय मतदान यन्त्र इभिएम बिग्रिएको, केही ठाउँमा केन्द्रीय बलले लाठीचार्ज गर्नुपरेको छ । बीरभूम जिल्लामा बम आक्रमणमा परी तृणमूल कांग्रेसका एक कार्यकर्ताको मृत्यु भएको छ

। त्यही जिल्लामा तृणमूल कांग्रेसका एक कार्यकर्ताले मतदान केन्द्रमा छिरेर मतदातालाई प्रभावित गरेको आरोप लागेपछि निर्वाचन आयोगले अध्यक्षलाई हटाएको छ ।
यी ८ सिटमा पहिलो चार घण्टामा ३२ दशमलव ७८ प्रतिशत मतदान भएको समाचार छ ।

चौथो चरणमा पश्चिम बंगालमा अधीर रञ्जन चौधरी, युसुफ पठान, शताब्दी राई, शत्रुघ्न सिन्हा, एस.ए. अहलुवालिया, महुआ मोइत्रा र दिलीप घोष जस्ता दिग्गजहरूको भाग्य दाउमा छ । मतदानका क्रममा स्वास्थ्य बिग्रिएर वीरभूम जिल्लामा निर्वाचनमा तैनाथ एक केन्द्रीय सैनिकको मृत्यु भएको छ ।

दुर्गापुरमा पनि कांग्रेस र भाजपा कार्यकर्ताबिच हिंसात्मक झडप भएको छ । मुर्शिदाबाद जिल्लाको बहरामपुर संसदीय क्षेत्रमा तृणमूल कांग्रेस र कांग्रेस कार्यकर्ताहरूबिच हिंसा भएको छ ।

यस सिटमा कांग्रेस प्रदेश अध्यक्ष अधीर रञ्जन चौधरी,तृणमूल कांग्रेसका उम्मेदवार र अलराउन्ड क्रिकेटर युसुफ पठानसँग प्रतिस्पर्धा गर्दैछन् । विभिन्न राजनीतिक दलविरुद्ध हिंसा, चुनावी धाँधली र मतदाता प्रभावबारे एक हजारभन्दा बढी उजुरी निर्वाचन आयोगमा परेका छन् ।००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);