पश्चिम बंगालको चुनावी हिंसामा ५ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पश्चिम बंगालको चुनावी हिंसामा ५ को मृत्यु

भारतको पश्चिम बंगलमा चुनाव सम्पन्न –

एजेन्सी, ३१ वैशाख । भारतको पश्चिम बंगालमा सोमवार भएको पञ्चायत चुनाव हिंसात्मक बन्योे । निर्वाचनका क्रममा ठाउँठाउँमा बम विष्फाट भयो भने ब्यालेट बक्स लुट्ने र आजगनी गर्ने काम भयो । साथै, तोडफोडको क्रममा ५ जनाको मृत्यु हुनुको साथै दर्जनौ घाइते भए ।

भारतको पश्चिम बंगालमा सोमबार भएको पञ्चायत चुनावका क्रममा बम विष्फोट, तोडफोड र आजगनी भएपछि मतदाताले भय र असुरक्षाकाबीच मतदान गरे । सन् २०१९ मा हुने आम निर्वाचन भन्दा पहिले भएको पञ्चायतको निर्वाचनलाई भारतका राजनीतिक दलहरुले प्रतिष्ठाको बिषय बनाइ बढी सिट कब्जा गर्ने होडबाजीमा उत्रदा अप्रिय घटना भएको हो ।

पश्चिम बंगालको कुच बिहारमा दुई गुटबीच भएको झडपमा दुई दर्जन जती घाइते भएका छन् । तृणमूल पार्टीका कार्यकर्ताहरुले बुथ कब्जा गरेको आरोप छ । दक्षिण चौबिस परगनाको भांगर भन्ने स्थानमा संचारकर्मीको क्यामेरा तोडफोड गरी गाडीमा आगो लगाइएको छ ।

यसअघि एकजना सीपिएमको कार्यकर्ताको घरमा चुनावको अघिल्लो दिन आगो लगाएपछि ती कार्यकर्ताकी पत्नीको जलेर मृत्यु भएको छ । सीपिएम पार्टीले यो घटनामा टीएमसी पार्टीका कार्यकर्ताहरुको हात भएको आरोप लगाएको छ । बिलकाँडामा भाजपा समर्थक एक कार्यकर्तामाथि टीएमसीका कार्यकर्ताले चक्कू प्रहार गर्दा उनी गम्भीर घाइते भएको जनाइएको छ ।

कुच बिहारमै दिनाहाटमा बम बिष्फोट हुँदा एक जना टीएमसी कार्यकर्ताले हात गुमाएका छन । यसैगरी चौबिस परगना आमगाडामा भोट दिन गइरहेका एक भाजपा कार्यकर्तालाई बम प्रहार गरी हत्या गरिएको छ । यस्तै चौबिस परगनाको कुलताम्लीमा तृणमूल काँग्रेस कार्यकर्तालाई गोली हानी हत्या गरिएको छ ।

उता नयाँ दिल्लीको शान्तिपुरमा एक जना तृणमूल काँग्रेस कार्यकर्ताको शव फेला परेको जनाइएको छ । पश्चिम बंगालको यो चुनावमा तृणमूल र काँग्रेसपार्टीबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । यद्यपी यी दुई पार्टीको पछिपछि भाजपा, सीपिएम र सीपिआइले सिट जित्ने आंकलन गरिएको छ ।

५८ हजार ६ सय ९२ सीटका लागि भएको निर्वाचनमा २० हजार ७६ सिटमा निर्विरोध भएको छ । यद्यपी भारतको सर्वाेच्च अदालतले निर्विरोध निर्वाचित भएका उम्मेद्वारहरुलाई प्रमाणपत्र नदिन आदेश जारी गरेको छ । निर्वाचनको परिणाम १७ मे अर्थात बिहिबार घोषणा गरिने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);