भारतको पश्चिम राज्य बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम हमला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

भारतको पश्चिम राज्य बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम हमला

एजेन्सी, ६ फागुन । बुधबार राति मुर्सिदावादको रेलवे स्टेशनमा श्रममन्त्री जाकिर हुसेनमाथि बम हमला भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार कलकत्ता जानका रेलवे स्टेशनमा पुग्नुभएका हुसेनमाथि राति १० बजेतिर बम हमला भएको र उहाँको खुट्टामा चोट लागेको छ ।

घाइते मन्त्री हुसेनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ भने आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन् । आक्रमणको जिम्मा हाल सम्म कसैले लिएको छैन । मन्त्री हुसेनमाथि भएको आक्रमणको तृणमूल कांग्रेसले भत्सर्ना गरेको छ ।

मुर्सिदावादका तृणमूल अध्यक्ष अबु ताहेरले घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन प्रहरीलाई अनुरोध गरिएको बताउनुभएको छ भने कंग्रेस आई र भारतीय जनता पार्टीले पनि आक्रमणको निन्दा गर्दै पश्चिम बंगालमा शान्ति सुरक्षामाथि प्रश्न उठाएका छन् ।

पश्चिम बंगालमा एमएलएमाथि आक्रमण हुने घटना यसअघि पनि हुने गरेका थिए। राज्यका मन्त्रीमाथि नै आक्रमण भएको पछिल्लो समयको यो पहिलो घटना हो। पश्चिम बंगालमा अप्रिल र मेमा विधान सभाको चुनाव हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);