राष्ट्र संघका महासचिव गुटेरसद्वारा कोरोना खोपको असमान वितरण भइरहेको भन्दै आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्र संघका महासचिव गुटेरसद्वारा कोरोना खोपको असमान वितरण भइरहेको भन्दै आलोचना

एजेन्सी, ६ फागुन । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरसविरुद्ध खोपको असमान वितरण भइरहेको भन्दै आलोचना गर्नुभएको छ ।

महासचिव गुटेरसले कोरोना खोप अभियान असमान र अनुचित भएको भन्दै आलोचना गर्नुभएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । कुल कोरोना खोपको ७५ प्रतिशत हिस्सा १० देशले नियन्त्रण गरेको महासचिव गुटेरसको भनाइ छ ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरसले ‘विश्वमा अहिले पनि १ सय ३० वटा मुलुकमा कोरोनाको एक डोज खोप उपलब्ध नभएको बताउनु भयो ।

कोरोना महामारीले निम्त्याएको कठिन परिवेशमा खोपको समान वितरण विश्व समुदायको नैतिक परीक्षा भएको उहाँको भनाइ छ । गुटेरसले एक आपतकालीन खोप योजना सँगै मिलेर ल्याउन र समान वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);