रुसले बनाएको कोरोनाबिरुद्धको खोप सफल हुने अमेरिकी राष्ट्रपति ट्रम्पको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुसले बनाएको कोरोनाबिरुद्धको खोप सफल हुने अमेरिकी राष्ट्रपति ट्रम्पको विश्वास

एजेन्सी, ३२ साउन । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास गर्नुभएको हो ।

रुसले बनाएको भनिएको खोपका बारेमा आफुलाई धेरै जानकारी नचएको तर त्यो प्रभावकारी, उपयोगी हुनेमा आफुलाई विश्वास लगेको बताउनु भएको छ । कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुनेपनि उहाँको भनाइ छ ।

उहाँले चाडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताउनुभयो । आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारिक निकायले त्यसको प्रयोगका लागि स्वीकृति दिनुपर्ने ट्रम्पको भनाई छ ।

अहिलेसम्म कोरोना विरुद्धको औषधिको औपचारिक प्रयोग गर्न नपाएको तर औषधी बनाइरहेको वैज्ञानिकहरुले दाबी गर्दै आएका छन् ।

यता विश्व स्वास्थ्य संगठनले भने कसैलाई पनि कोरोनाको औषधिको मान्यता दिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);