अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

donald trump

एजेन्सी, ५ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन् ।

अमेरिकी सेनाको नयाँ शाखाका लागि अमेरिकी कांग्रेसले कानुन पारित गरेपछि मात्र अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणाले वैधानिकता पाउने छ । ट्रम्पले राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठकअघि देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी र मजबुत बनाउन अन्तरिक्ष सेना जरुरी रहेको बताए ।

अन्तरिक्ष सेना अलग्गै हुने र यसले देशको सुरक्षा मात्र नबढाइ रोजगारी र अर्थव्यवस्थामा पनि सुधार आउने ट्रम्पको विश्वास छ । उनले अमेरिकाले फेरि चन्द्रमा पुग्ने र मानिसलाई मंगल ग्रहमा पठाउने तयारी गर्ने योजना सुनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);