प्रधानमन्त्री ओली सँगै किम जङ उन पनि चीन भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

प्रधानमन्त्री ओली सँगै किम जङ उन पनि चीन भ्रमणमा

Xi Jingping,Kim Jong Un

एजेन्सी, ५ असार । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेका बेला उत्तर कोरियाका नेता किम जङ–उन पनि दुई दिने चीन भ्रमणका लागि बेइजिङ पुगेका छन् । किमले राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता गरी भावी कार्ययोजना तय गर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्पसँग १२ जुुुनमा सिंगापुुरमा भेटवार्ता गरी चार बुँदे सहमती गरेका उत्तर कोरियाका नेता किमजोङग उन तेश्रो पटक चीन पुगेका छन् । उनले चिनिया राष्ट्रपति सीजिङगपिङसंग भेटवार्ता गरी भावी कार्ययोजनानिर्धारण गर्ने जनाइएको छ । किम हवाइजहाजबाट चीन पुगेका हुन् । किम पहिलोपटक मार्च महिनामा ट्रेनवाट चीन पुगेका थिए । किमको दोश्रो चीन भ्रमण गत मे महिनाको शुरुमा भएको थियो ।

सिंगापुुरमा परमाणुु निसस्त्रकिरणका निम्ति प्रतिबद्धता जनाएपछि किमलाइ रुसका राष्ट्रपति भ्ल्यादिमिर पुुटिनले पनि रुस भ्रमणको निम्ता दिएका छन् । चीन र उत्तरकोरिया निकट सहयोगी रहेको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठूुलो ब्यापारिक सहयोगी पनि रहेको जनाइएको छ । दुुबै देश आपसी हित र परम्परागत मित्रतालाइ बढाउँदै लगेको छ ।

अन्तराष्ट्रिय मञ्चमा चीनले उत्तरकोरियाको परमाणुु हतियारको बिरोध गरेपनि उत्तर कोरियाले हरसम्भव सहयोग गर्दै आएको छ । अमेरिका र उत्तरकोरियाबीचको गतिरोधलाइ चीनले वार्ताकै माध्यमबाट टुुग्याउनुुपर्नेमा जोड दिदै आएको छ । चीनको उत्तरकोरियासंग ९० प्रतिशत ब्यापार ब्यवसाय हुनेगर्दछ ।

सन १९५३ मा कोरियाली युुद्ध समाप्त भएपछि चीनले उत्तरकोरियालाइ साथ दिदै आएको छ । जबकि अमेरिकाले कोरियाली युुद्धको समाप्तीपछि दक्षिण कोरियालाइ समर्थन गर्दै आएको छ ।

दक्षिण कोरियाका बिदेशमन्त्री काङग कियाङगले सोमवार सोलमा आयोजित पत्रकार सममेलनमा बोल्दै उत्तरकोरियासंगको युुद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिण कोरियाले गरेको बताएका थिए । उत्तरकोरिया र दक्षिणकोरियाबीचको लामो समयदेखिको युुद्ध अन्त्यको घोषणा ६५ बर्षपछि कुुन ढंगबाट हुुने हो उत्सुुकता र चासोे बढ्दै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);