किम जोङ उनले चीन भ्रमण गरेको चर्चा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

किम जोङ उनले चीन भ्रमण गरेको चर्चा

kim-jong-un

काठमाडौं, १३ चैत । उत्तरकोरियाका शासक किम जोङ उनले चीनको भ्रमण गरेको समाचारले निकै चर्चा पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग हुने भेटघाटको तयारीका सन्दर्भमा किमको यो चीन भ्रमण भएको हो । जापानी संचारमाध्ययमले उत्तर कोरियाका एक उच्च अधिकारी ट्रेनबाट चीन पुगेको समाचार सार्बजनिक भएलगत्तै किम ै चीन गएको समाचार श्रोतहरुले दाबी गरेका छन ।

कोरियाली प्रायद्धीपमा शान्ति र स्थिरता तथा अमेरिकासंगको सम्बन्ध सुधारका निम्ति अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका शासकबीच हुने भनिएको वार्ताको पूर्व तयारीका निम्ति उत्तरकोरियाका शासक किम ट्रेनवाट चीन पुगेको सनसनीपूर्ण रुपमा समाचार फैलिएको छ ।

जापानका संचार माध्यमले उत्तर कोरियाका एक उच्च अधिकारी रेलबाट चीन पुगेको समाचार प्रसारण गरेपछि त्यो रेलमा चीन जाने किमजोङ उन नै रहेको भन्ने संचारमाध्यमहरुले दाबी गरेका छन । भनिन्छ सन २०११ मा सत्तामा आएपछि किमको यो पहिलो बिदेश भ्रमण हो । तर किमको यो यात्राबारे बिस्तृत जानकारी दिइएको छैन ।

क्यादो न्यूजले बेइजिङ र प्योगयाकाङबीच सम्बन्ध सुधारको सन्दर्भमा यो उच्च स्तरीय उत्तरकोरियाबाट भ्रमण भएको जनाइएको छ । उत्तर कोरियाले परमाणु परिक्षण गरेपछि अमेरिकाले लगाएको प्रतिबन्ध पछि उत्पन्न परिस्थितिका कारण पनि उत्तरकोरिया आफनो पक्षको कुरा राख्न चीनसंग नजिक हुन खोजेको हो । संचारकर्मीहरुले चीनीयाँ बिदेश मन्त्रालयका प्रवक्तासंग सीमावर्ती शहर डेन्डाङमा उत्तरकोरियाका नेताको भ्रमण भएकोबारे बुझ्न खोज्दा जवाफ पाएनन भने बेइजिङ स्थित उत्तर कोरियाको दुताबासले यसबारे जवाफ दिएको छैन ।

क्यादो न्यूजले आफनो सुत्रलाइ उद्धृत गर्दै एउटा खास ट्रेन चीनको सीमावर्ती शहर डेन्डाङ छेउवाट गएको जसमा उत्तरकोरियाका अधिकारीहरु रहेको दाबी गरेका छन । भनिन्छ डेन्डाङको रेलवे स्टेशनमा रेललाइ कडा सुरक्षा प्रदान गरिएको थियो । त्यसैगरी बेइजिङमा पनि पूर्वदेखि पश्चिमसम्म कडा सुरक्षा ब्यवस्था गरिएको थियो ।

प्रहरीले तियानयम स्क्वायरबाट पनि पर्यटकहरुलाइ हटाएका थिए । यस्तो त्यसैबेला हुन्छ जव ग्रेट हल अफ द पिपलमा कुनै बिदेशी नेतासंग चीनका वरिष्ठ नेताले भेटवार्ता गर्छन । चिनियाँ सेनाको नजिकको सुत्रले रोयटर्श समाचार संस्थालाइ किमको भ्रमणबारे इनकार नगरेता पनि जानकारी भने दिएनन ।

भनिन्छ यस अघिका उत्तर कोरियाका शासक किमजोङ इल चीनको भ्रमणबाट फर्केपछि मात्र त्यसको पुष्टि गरिन्थ्यो । किमजोङ इलको निधन पछि उन देश बाहिर गएको यो पहिलो घटना भएको पश्चिमी संचारमाध्यमहरुले जनाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);