किमकी बहिनी सरकारको उच्च पदमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

किमकी बहिनी सरकारको उच्च पदमा नियुक्त

एजेन्सी ।  उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनी सरकारको सबैभन्दा माथिल्लो निकायको प्रमुखमा नियुक्त भएकी छिन् ।  किम यो जोङ राज्य मामिलासम्बन्धी आयोगको प्रमुखमा नियुक्त भएकी हुन् । उत्तर कोरियाको नाम मात्रको संसद पिपुल्स एसेम्बलीले उनको नाम अनुमोदन गरेको हो । 

सन् २०१६ को संविधानले आयोगलाई नेतृत्व निकायको सर्बोच्च अंग भनेको छ । आयोगका पदाधिकारीले सर्बोच्च नेता किम जोङ उनलाई नेतृत्वसम्बन्धी महत्वपूर्ण सुझाब दिन्छन् । यसअघि आयोगका उपाध्यक्षसहित अधिकांश सदस्यलाई बर्खास्त गरिएको थियो । बर्खास्तगीमा पर्नेहरूमा महिला उपाध्यक्ष पाक पोङ जु र अर्का कूटनीतिज्ञ चो सन हुई छन् । उनीहरू दुबै जना अमेरिकासँगको वार्तामा महत्वपूर्ण भूमिकामा थिए । 

सरकारको उच्च पदमा नियुक्त पाएकी किम यो जोङको कोरियाली नेता किमसँग घनिष्ट सम्बन्ध छ । उनले स्विट्जरल्यान्डमा दाजुसँगै पढेकी थिइन् । त्यस्तै, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनसँगको वार्तामा पनि उनी किमकी मुख्य सहयोगी थिइन् । 

उत्तर कोरियामा किमको उत्तराधिकारी बन्न उनी एक मात्र योग्य नेतृ रहेको विश्लेषकहरुले बताउँदै आएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);