किम जोङ–उन २० दिनपछि सार्वजनिक कार्यक्रममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

किम जोङ–उन २० दिनपछि सार्वजनिक कार्यक्रममा

kim jong un

एजेन्सी, २० वैशाख ।  विश्वभर विभिन्न अडकलबाजी चलिरहदाँ उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन २० दिनपछि एउटा सार्वजनिक कार्यक्रममा देखापर्नु भएको छ । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा नेता किम, बहिनी किम यो जोङसहित सहभागी भएको उत्तर कोरियाली समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनएले जनाएको छ ।

नेता किमले कारखानको उद्घाटन गरेपछि उहाँको सम्मानमा सबैले ताली बजाएको पनि केसीएनएले उल्लेख गरेको छ । यो कार्यक्रमको तस्वीर पनि सार्वजनिक भएको छ । उत्तर कोरियाको आधिकारिक रोदोङ सिनमन पत्रिकाको वेबसाइटमा य प्रकाशित ती तस्बिरको स्वतन्त्र पुष्टि भने भएको छैन ।

गत अप्रिल १५ मा आफ्ना दिवंगत हजुरबुवा एवं उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती समारोहमा उपस्थित नभएपछि किम जोङ–उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भएका थिए ।

त्यस्तै अप्रिल २५ को कोरियाली सेना स्थापना दिवसमा पनि सहभागी नभएपछि किमको सम्बन्धमा विश्वभर कौतुहलता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);