परमाणु निशस्त्रीकरण गर्न उत्तर कोरियाली नेता किम सहमत (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

परमाणु निशस्त्रीकरण गर्न उत्तर कोरियाली नेता किम सहमत (फोटोफिचर)

एजेन्सी, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई परमाणु निशस्त्रीकरण गर्ने लगायत चार बुँदे सहमति भएको छ । सिंगापुरको सेन्टोसा आइल्याण्डस्थित होटल क्यापेलामा कडा सुरक्षा घेराबीच एकल र त्यसपछि द्धिपक्षी वार्ता गरेका ट्रम्प र किमले संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन दुबै अमेरिका र उत्तर कोरियाबीचको नयाँ सम्बन्ध विस्तार गर्दै कोरियन प्रायद्वीपमा शान्ति, समृद्धी र सुरक्षित वातावरण स्थापनाका लागि कटिबद्ध रहने उल्लेख छ ।

किम र ट्रम्पबीच भएको वार्ताका केही झलक :

तस्बिर: एजेन्सी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);