ट्रम्प–किम शिखर वार्ता केही दिन पर सर्नसक्ने संकेत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ट्रम्प–किम शिखर वार्ता केही दिन पर सर्नसक्ने संकेत

trump-moon

एजेन्सी , ९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १२ मा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको शिखर वार्ता केही दिन पर सर्नसक्ने संकेत गरेका छन् । उत्तर कोरियाली नेतासँगको ऐतिहासिक शिखर वार्ताका विषयमा छलफल गर्न ह्वाइट हाउसमा पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून जेइनसँगको छलफलका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा केही ढिलाई हुनसक्ने बताएका हुन् ।

उत्तर कोरियाले निश्चित सर्तहरु पूरा नगरे उक्त शिखर बैठक पर सर्ने ट्रम्पको भनाइ थियो । उनले अहिलेको स्थितिमा उत्तर कोरियासँग वार्ता हुन नसके त्यसपछि कहिल्यै हुन नसक्ने पनि बताएका छन् । वार्ताका लागि अमेरिकाले उत्तर कोरियासँग परमाणु हतियार नष्ट गर्न लगातार दबाब दिँदै आएको छ ।

अघिल्लो हप्ता उत्तर कोरियाले परमाणु हतियारको विषयलाई लिएर अमेरिकाले एकतर्फी दबाब दिइरहे वार्ता रद्द पनि हुनसक्ने बताएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच आगामी जुन १२ मा सिंगापुरमा वार्ता हुने तय भएको छ । गत अप्रिलमा किम र मूनबीच भएको छलफलपछि यो बैठक तय भएको थियो ।

उत्तर कोरियाले राम्रो भावनाका साथ परमाणु परीक्षण स्थल नष्ट गर्न चाहे पनि खराव मौसमका कारण यसमा केही ढिलाई भइरहेको छ । उत्तर कोरियाले अघिल्लो हप्ता हुने भनिएको दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता भने रद्द गरिदिएको थियो । उत्तर कोरियाले छिमेकी मुलुक र अमेरिकाले संयुक्त सैन्य अभ्यास जारी राखेपछि बैठक रद्द गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);