वार्तामा बस्ने की परमाणु युद्धमा भिड्ने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वार्तामा बस्ने की परमाणु युद्धमा भिड्ने ?

Choe Son-hui

एजेन्सी, १० जेठ । उत्तर कोरियाले अमेरिकी उपराष्ट्रपति माइक पेन्सको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिएकोप्रति आपत्ति जनाउँदै उत्तर कोरियाले पेन्सको अभिव्यक्ति बेबकुफी भएको टिप्पणी गरेको छ ।

उत्तर कोरियाको विदेश मामलासम्बन्धी उपमन्त्री जो सुन हुईले अमेरिकालाई वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने भनेर प्रश्नसमेत गरेकी छन् । उपराष्ट्रपति पेन्सले परमाणु कार्यक्रम स्थगित गरेर शान्ति प्रक्रियामा उत्तर कोरिया नआएको खण्डमा लिबियाली तानाशाह मोअम्मर गद्दाफीकै हालतमा उत्तर कोरियाली नेता किम पुग्ने पनि चेतावनी दिएका थिए ।

उत्तर कोरियाली उपमन्त्री हुईले त्यस्ता धम्कीबाट आफूहरु नडराउने भन्दै ‘धम्की दिएको भरमा वार्ताका लागि अमेरिकाले राजी बनाउन नसक्ने बताईन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);