उत्तर कोरियाली अधिकारी र अमेरिकी उपराष्ट्रपतिबीचको वार्ता स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उत्तर कोरियाली अधिकारी र अमेरिकी उपराष्ट्रपतिबीचको वार्ता स्थगित

एजेन्सी,९ फागुन । उत्तर कोरियाली अधिकारी र अमेरिकी उपराष्ट्रपतिबीच हुने भनिएको वार्ता स्थगित भएको छ । उत्तर कोरियाले अमेरिकासँग वार्तामा बस्न अस्वीकार गरेको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग एक साताअघि शीतकालिन ओलम्पिकको उद्घाटनका बेला हुने भनिएको वार्ता उत्तर कोरियाले बहिष्कार गरेको बीबीसीले उल्लेख गरेको छ ।

दक्षिण कोरियामा जारी हिउँदे ओलम्पिकमा सहभागिता जनाउन पुगेका अमेरिकी उपराष्ट्रपति पेन्स र उत्तरी कोरियाली शासक किमजोङ युङकी बहिनी किम यो जोङसँग हुने भनिएको द्विपक्षिय वार्ता उत्तर कोरियाले स्थगित गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी गृह मन्त्रालयका प्रवक्ता हेदर नेउरेटले एक विज्ञप्ति जारी गरी उत्तर कोरियाले अन्तिम समयमा आएर वार्ता रोकेको बताए ।

विज्ञप्तिमा पेन्ससँगको भेटवार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम स्थगन गर्न केही मद्दत पुग्ने दाबी गरिएको छ । ट्रम्प प्रशासन र उत्तरी कोरियाली अधिकारीबीच हुने उक्त वार्ता ‘ऐतिहासिक’ हुने अपेक्षा गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);