उत्तर कोरियाद्वारा अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

उत्तर कोरियाद्वारा अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र सार्वजनिक

एजेन्सी, २५ असोज । उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक गरेको छ । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा आइतबार विशाल सैन्य परेडसँगै उक्त क्षेप्यास्त्र सार्वजनिक गरिएको हो ।

‘आइसीबीएम’ नामको क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले शत्रुको संभावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरणका लागि हतियार प्रदर्शन गर्नुपरेको बताउनुभयो । उहाँले दुश्मनले आणविक खतराका साथै विभिन्न चुनौती थपेकाले त्यसको प्रतिरक्षाको युद्ध क्षमताको सुदृढीकरण जारी राखेर जोखिमपूर्ण प्रयासहरू र खतराहरू रोक्ने बताउनुभयो ।

उत्तर कोरियाले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौता गरे पनि अमेरिकाले भने सर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ । सन् २०१८ र सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दुई पटक शिखर वार्ता भएको थियो ।

ती वार्तामा कोरियाली प्रायदिपलाई आणविक हतियार मुक्त बनाउने समझदारी भए पनि पालना हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);