उत्तर कोरियाको अर्को आतंक, अन्तरमहादेशीय क्षेप्यास्त्र परिक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

उत्तर कोरियाको अर्को आतंक, अन्तरमहादेशीय क्षेप्यास्त्र परिक्षण

उत्तर कोरियाद्वारा तीन साताको अवधिमा दोस्रोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण, अमेरिका, दक्षिण कोरिया, जापान लगायतका देशद्वारा निन्दा ।

उत्तर कोरियाको अर्को आतंक

काठमाडौं । उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाले जापानको समुद्री क्षेत्रतर्फ लक्षित गरी अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो ।

मिसाइल जापानको समुद्री क्षेत्रमा खस्नुअघि जमिनबाट तीन हजार किलोमिटर माथि पुगेको जापानको राष्ट्रिय प्रशारक संस्था एनएचकेले जनाएको छ ।

उत्तर कोरियाले तीन हप्ताअघि पहिलोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियाले अहिले परीक्षण गरेको मिसाइल तीन हप्ताअघि परीक्षण गरेको मिसाइलभन्दा बढी क्षमताको रहेको जनाएको छ ।

उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको अमेरिका, दक्षिण कोरिया, जापानसहितका देश संयुक्त राष्ट्रसंघले निन्दा गरेका छन् ।

उत्तर कोरियाले सन् २०१७ लागेपछि १४ पटक मिसाइल परीक्षण गरिसकेको छ ।

मिसाइल परीक्षणको प्रतिक्रियास्वरुप अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेका छन् । त्यसक्रममा जमिनबाट जमिनमा मार हान्न सकिने मिसाइलको प्रयोग गरिएको अमेरिकी सेनाले जनाएको छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);