जी–ट्वान्टी राष्ट्रपति भेटघाटमा बालबालिकाका विषयमा छलफल भएको रुसको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जी–ट्वान्टी राष्ट्रपति भेटघाटमा बालबालिकाका विषयमा छलफल भएको रुसको भनाई

साउन ६, काठमाण्डौँ । रुसले राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा बालबालिकाका विषयमा छलफल भएको बताएको छ ।

क्रेमलिनले पुटिन र ट्रम्पबीच रसियाली टुहुरा बालबालिका अंगीकारका विषयमा दुई नेताबीच छलफल भएको जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नियमित पत्रकार सम्मेलनका क्रममा दुई राष्ट्रपतिबीच भेटवार्ता भएको स्वीकार गर्दै बालबालिकाका विषयमा मात्र कुराकानी भएको जनाएका छन् । उनले अमेरिकी नागरिकले रसियाली टुहुरा बालबालिकालाई अंगीकार गर्नमा प्रतिबन्ध लगाइएको कानुन रद्द गर्न लागिएको विषयलाई भने खण्डन गरेका छन् ।
सन् २०१२ को डिसेम्बरमा रसियाली राष्ट्रपति पुटिनले ल्याएको कानुनलाई अमेरिकाको म्याग्निट्स्की ऐनको बदलास्वरूप ल्याइएको बताइने गरिएको छ । अमेरिकाले सन् २०१२ को अन्त्यतिर ल्याएको म्याग्निट्स्की ऐनले रसियाली वकिल सर्गेइ म्याग्निट्स्कीको हत्यामा संलग्न मानिएका रसियाली अधिकारीलाई अमेरिका भ्रमणमा रोक लगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);