अमेरिकाले विश्वका ९२ वटा देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप वितरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अमेरिकाले विश्वका ९२ वटा देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप वितरण गर्ने

एजेन्सी । अमेरिकाले विश्वका ९२ वटा देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्ने भएको छ ।

राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोना भाइरसविरुद्धको फाइजर खोपको ५० करोड मात्रा अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारीगरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । त्यसमध्ये यो वर्ष झण्डै २० करोड मात्रा उपलब्ध गराइने छ ।

बाँकी मात्रा सन् २०२२ मा वितरणको तयारी अमेरिकाले गरेको हो । राष्ट्रपति बाइडेन सत्तामा आएपछिको आफ्नो पहिलो विदेश भ्रमणको क्रममा बेलायत पुगे लगत्तै अमेरिकाको खोप सम्बन्धी नयाँ तयारी सार्वजनिक भएको हो ।

अमेरिकाले विश्वका कम आय भएका ९२ देशलाई खोप वितरण गर्ने तयारी गरेको हो । राष्ट्रपति बाइडेन बेलायत पुगेर आरएएफ मिल्डेनहलमा रहेको सैनिक शिविरमा अमेरिकी सैनिकलाई सम्बोधन गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबिच बिहीबार भेटवार्ता हुनेछ । बाइडेन विकसित देशहरुको समूह जी सेभेनको सम्मेलनका लागि इंग्ल्याण्ड पुगेकाे हो । जी सेभेनमा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायतसहित युरोपियन युनियन छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);