बीएन्डसीलाई सम्बन्धन दिए फेरि सत्याग्रह गर्ने डा. केसीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बीएन्डसीलाई सम्बन्धन दिए फेरि सत्याग्रह गर्ने डा. केसीको चेतावनी

काठमाडौं । चिकित्सक शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले दुर्गा प्रसाई सञ्चालक रहेको साद झापास्थित बीएन्डसी मेडिकल कलेजलाई जबर्जस्ती सम्बन्धन दिने प्रक्रिया अघि बढाइए आफूले फेरि सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।

हाल यमनमा स्वास्थ्य सेवा दिईरहेका डा.केसीले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडानविपरीत जबर्जस्ती वीएन्डसीलाई अवैध सम्बन्धको प्रक्रिया अघि बढाएमा आफू नेपाल फर्कनासाथ सत्याग्रह गर्ने बताएका हुन् ।

साथै डा. केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर सो अवैध निर्णय प्रक्रिया संलग्न नहुन चिकित्सा शिक्षा आयोग पदाधिकारीहरुलार्य आग्रह समेत गरेका छन् । बीएन्डसीका सञ्चालक प्रसाईले आफ्नो समूहका सदस्यलाई धम्की दिएको भन्दै भत्र्सना गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग गरेका सहमतिहरु तोडेर जवर्जस्ती सम्बन्धन दिन लागेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्झौता अनुसार प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज खोल्नुपर्नेमा उल्टो त्यसमा बाधा उत्पन्न हुने गरी प्रधानमन्त्री ओलीले आफू नजिकका मान्छेको फाइदा हेरेर महंगो शूल्क लिने निजी मेडिकल कलेजलाई प्रसय दिएको डा. केसीको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);